विपद् व्यवस्थापनकालागि प्रदेश १, ४ र कर्णालीमा यस्तो छ पूर्व तयारी



सैघाली खबर, ४ असार ।
सरकारले विपद् व्यवस्थापनका लागि तराई क्षेत्रलाई लक्षित गरेर ३ स्थानमा हेलिकोप्टरसहित विपद् उद्दार टोली राख्ने तयारी गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले प्रदेश १, ४ र कर्णालीमा उद्दार टोली तयारी अवस्थामा राख्ने तयारी गरेको हो । विपद्को समयमा हुने जनधनको क्षतिलाई मध्यनजर गर्दै तत्कालन परिचालन हुने गरी त्यो टोली नेपाली सेनाबाट राखिने निर्णय गरिएको छ ।

बैठकले प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले सबै प्रकृतिका विपद् पूर्व तयारीका लागि आवश्यक सामाग्री तथा औजार खरिद गरि विपद् व्यवस्थापनका कार्यलाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ । त्यसका लागि आवश्यक स्रोत साधनको व्यवस्था मिलाउने समेत निर्णय भएको जनाइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्