संसद सुरु गर्न कांग्रेस सहमत



सैघाली खबर, ५ असार ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशसभाको अवरोध हटाउन सहमत भएको छ ।

प्रदेश ५ सरकारले ल्याएको वजेटमा असहमति जनाउँप्रदेश सभा वैठक अवरुद्ध गरेको कांग्रेस नेताहरुसँग मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान छलफल गरेका थिए ।

आफ्ना माग सम्बोधन गर्न सरकार तयार भएकाले संसद पुनः सुरु गर्न सहमत भएको प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए ।

सडक डिभिजन परिसरमा रहेको आफ्नै निवासमा भएको छलफलमा मुख्यमन्त्री पोखरेलले विपक्षीका जायज माग सम्बोधन गर्ने बताएका छन् । प्रदेश सभा वैठक मंगलबार (आज) १ बजे बस्दैछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्