राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन



सैघाली खबर, ६ असार ।
राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले एक वर्ष्भित्र महाधिवेशन गर्ने उल्लेख रहेको पार्टी विधानको धारा २२ को उपधारा १० लाई संशोधन गर्ने निर्णय गरेको छ । त्यही व्यहोराको पत्र आयोगलाई पठाउने बैठकको निर्णय छ । साथै अर्को वर्ष वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको राजपाले जनाएको छ ।

मधेस केन्द्रित ६ दल मिलेर गत वैशाखमा गठन भएको राजपा दल दर्ताका क्रममा निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्ष्भित्र महाधिवेशन गर्ने उल्लेख थियो । त्यसलाई आधार बनाएर निर्वाचन आयोगले केही समय पहिले असार मसान्तभित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्