जनताको जीवन स्तर माथी उठाउँनु पर्छ सभामुख महरा (भिडियो सहित )



दाङ,७ असार । प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले जनताको जीवन स्तर माथी उठाउँन सबैले ध्यान केन्द्रीत गर्नु पर्ने बताउँनु भएको छ । पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महराले यस्तो वताउँनु भएको हो । सरकारले सारेको ‘ समृद्ध नेपाल शुखी नेपाली’को नारालाई स्थानीय निकायहरुले पुरा गर्नुपर्नेे बताउँनुभयो । अबको स्थानीय निकायको मुख्य कार्यभार भनेकै जनताको क्रयशक्ति माथी उठाउँने भएको बताउँदै बजेट पनि त्यही अनुसार विनियोजन गर्न आग्रह गर्नुभयो । यसका साथै महराले प्रत्येक वडामा पुग्न सडक संजाल विस्तार गर्न समेत आग्रह गनुभयो ।

संघीयता कार्यान्वयनका लागि झन्डै एक सय कानुन बनाउँन बाँकी रहेको वताउँदै त्यसका लागि संघीय संसद अगाडी बढेको वताउँनुभयो । प्रमुख अतिथी समेत रहनु भएका महराले दाङको बृहत विकासका लागी सरकारले प्युठानको देवीस्थान देखि दाङहुदै सुर्खेत, रारा,दाङ लुम्बीनी र काईलावास,दाङ हुदै स्वर्गद्धारी जोड्ने सडक विस्तारका लागि मुख्य प्राथकिमता राखेको वताउँनु भयो । त्यसका साथै तुलसीपुर स्थित एरर्पोर्टमा तत्काल आयल डिपो राख्ने तयारी समेत भएको वताउँनुभयो । डिपो स्थापना संगै तुलसीपुरबाट नियमीत हवाई सेवा सुचारु गर्ने र देशको विकल्पका रुपमा हवाई मैदान निर्माण गर्नेे बताउँनुभयो । पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसी र शान्ता चौधरीले समेत आफ्नो भनाई राख्नु भएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भुपेन्द्र वलीले गर्नु भएको थियो ।

 

दाड.मा महरा लाइभमा हेर्दै गरौ सेर गरौ के भन्नू हून्छ सभामूख महरा

تم النشر بواسطة ‏‎Saighali Khabar – सैघाली खबर‎‏ في الأربعاء، ٢٠ يونيو ٢٠١٨

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्