१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरुको भेला



सैघाली खबर, ८ असार ।
१९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको छ । तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।

कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निशेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणात्रिमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।’

भेलाले गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता लगायतका लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्