मधेश आन्दोलनका घाइतेलाई उपचार खर्च दिइने, जनयुद्धका घाइतेलाई खाडीतिर पठाइने



  धनुषा, ११ असार

प्रदेश नं २ को  सरकारले मधेश आन्दोलनका घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश नं २ को सोमबार  बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनका क्रममा घाइते भएकालाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए  ।

बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समितिसमेत गठन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ ।

त्यस्तै बैठकले मुख्यन्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा शर्तसम्बन्धी निर्देशिका, २०७५ लाई समेत स्वीकृति प्रदान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्