अब ९ स्थानको मतपरिणाम आउन बाँकी



२३ असार
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब ९ स्थानको मात्र मतपरिणाम आउन बाँकी छ।

हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ। एमालेले १४६ स्थानमा विजयी हुँदै पहिलो स्थानमा छ। यस्तै, कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्र ३८ स्थानमा मात्र विजयी भएको छ। संघीय समाजवादी फोरम ८ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ।

राप्रपा ४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ। स्वतन्त्रले ३ स्थानमा जित हासिल गरेको छ।

जारी ९ स्थानको मतगणनामा एमालेले अहिले पाँच स्थानमा अग्रता लिएको छ। कांग्रेसले चार स्थानमा अग्रता बनाएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्