प्रदेशका गृहमन्त्री भन्छन्-गोविन्द केसीको आवाज कर्णालीको न्यायका लागि !



सैघाली खबर, १७ असार ।

डा. गोविन्द केसीले कर्णालीवासीहरुको न्यायका लागि आवाज उठाएको कर्णाली प्रदेशका गृह एवं कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् ।

जुम्ला प्रहरीको हिरासतमा रहेका डा. केसीको माग र उनको गिरफ्तारीबारे प्रदेशका मन्त्री भण्डारीले सरकारी कार्यालयमै अनसन बस्नु कानून सम्मत नभएको बताए । तर, डा. केसीले उठाएको मागमा आफ्नो विमति नरहेको उनले प्रष्ट पारे ।

पूर्व माओवादी एवं हाल नेकपाका नेतासमेत रहेका मन्त्री भण्डारी संविधानसभाका पूर्व सांसद समेत हुन् । संसदमा हुँदाखेरि भण्डारीले ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान टेबुल गरेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा अहोरात्र खटेर योगदान गरेका मन्त्र भण्डारी अहिले डा. गोविन्द केसीले जुम्लामा आएर प्रतिष्ठानको पक्षमा आजाव उठाएकोमा भित्रभित्रै हषिर्त देखिएका छन् । भलै उनी प्रदेशका प्रहरीलाई निर्देशन दिने आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारीमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्