कर्णाली, बबई र पश्चिम राप्तीमा बाढीको जोखिम



सैघाली खबर, १७ असार ।

कर्णाली  बबई र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिँदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको विभागले जानकारी दिएको छ ।

कर्णालीमा बाढी आएपछि चिसापानी आसपासका नागरिकलाई सचेत रहन विभागले आग्रह गरेको छ । बबई नदीमा बाढी आए बर्दिया, सुर्खेत, जाजरकोटका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ ।

यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्