कञ्चनपुरका पशुचौपाया बाजुराको बडीमालिका किन लगियो ?



७ नं प्रदेशको कञ्चनपुर जिल्लाका पशुचौपाया बाजुराको बडीमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् ।

बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९० परिवारलाई एक/एक गाई वितरण गरिएको बडीमालिका नगरपालिका पशु शाखा, बाजुराका प्रमुख शंकर सिंहले जानकारी दिएका छन्  ।

उनले दिएको जानकारीअनुसार कञ्चनपुरको झलारीबाट उन्नत जातका २० गाई र महेन्द्रनगरबाट ७० गाई गरी बडीमालिका नगरपालिका वडा नं १ देखि ९ का किसानलाई वितरण हो । गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ती गाईलाई उपचारपछि मात्र बाजुरा ल्याइएको सिंहले बताए  ।

बजारमा छाडा छोडिएका उक्त गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले निर्णयसहित बडीमालिका नगरपालिकालाई पत्र पठाएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए  ।

उहाँले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताउनुभयो । उन्नत जातका गाई आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई वितरण हुँदा राहत पुगेको नगर प्रमुख बडुवालको भनाइ रहेको छ ।

कञ्चनपुरबाट ल्याइएका ९० गाईको निःशुल्करुपमा पशु शाखाले पशु बीमा गर्ने सिंहले बताउनुभयो । आगामी वर्ष आर्थिक अभाव भएका कृषकलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको सिंहले राससलाई बताउनुभयो ।

नगरपालिकाअन्तर्गत रहेको शाखाले भैँसीलाई पोषण भत्ता दिने कार्यक्रम पनि ल्याएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्