‘कृर्षि यान्त्रिक करण तर्फ मोडिदै दाङ ’ ४० प्रतिशत किसानले यन्त्र प्रयोग गरी धान रोप्दै



गिरिराज नेपाली
असार २४ , दाङ । हल गोरु साहारा लिई परम्परागत खेतीमै सिमित वन्दै आएको दाङ , पछिल्लो समय विस्तार यान्त्रिककरण उन्मुख वन्दै जान थालेको छ । जिल्ला कृर्षि विकास कार्यालय दाङका अनुसार यो वर्षको धान रोपाई ४० प्रतिशत क्षेत्रफल अर्थात ४० प्रतिशत किसानले यन्त्र प्रयोग गरी धान रोपाई गर्न लागिरहेको जनाएको छ । वढ्दौ वैदेशिक रोजगार मोह संगै गाँउमा किसानहरु रितिन्न थाले पछि जिल्ला कृर्षि कार्यालयको अनुदानमा यस वर्ष जिल्लामा ३ सय १० साना पावर टेलर र २ सय १९ वटा ठुला टेक्टरको प्रयोग गरी किसानले धान रोपाई गर्न लागिरहेको जनाएको छ । वढ्दो यन्त्र उपकरणको विकास संगै कृर्षि क्षेत्रको सुधार तथा समयको वचत र जनशक्तिको अभावका कारण कृषकहरुमा यन्त्रको प्रयोगको मोह वढेको जिल्ला कृर्षि विकास कार्यालयले जनाएको छ ।


जिल्ला कृर्षि विकास कार्यालय दाङका वरिष्ठ कृर्षि विकास अधिकृत दिपक कुमार शर्माका अनुसार हाल सम्ममा जिल्लामा ३ सय १० वटा पावर टेलर र २ सय १९ वटा ठुलो टेक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको जानकारी दिए । भने यो वर्ष पनि २० पावर टेलर , ३ ठुलो टेक्टर , ४ रोटाभेटर , ३ थेटर र ३ कम्वाईड मिल ५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको जानकारी र्दिए ।
वरिष्ठ कृर्षि विकास अधिकृत शर्माका अनुसार प्रधानमन्त्री आधुनिक कृर्षि परियोजना अन्र्तगत पोष्ट्र हार्वेष्ट सेन्टर अर्थात धानवाली ब्लकका लागि ३० लाख र कष्टम हाईरिङ सेन्टर अर्थात धानवाली ब्लक क्षेत्र स्थापनाका लागि ५० प्रतिशत अुनदान अर्थात ८० लाखको अनुदानमा रामपुर , लक्ष्मीपुृर र ढिकपुर क्षेत्रमा १ सय हेक्टर क्षेत्रफलमा धानखेती गर्ने किसानहरुका लागि क्वाईङ मिल वितरण गर्न लागि रहेको जानकारी दिए । यो जिल्लामा पहिलो पटक भित्रिएको आयोजना रहेकाले धान कुटानीका लागि यो प्रविधि भित्र्याएको उनले जानकारी दिए । जसका कारण अव किसानहरु रोपाई पनि यन्त्र वाट गरी घरघरमा कुटानीको सुविधा पु¥याउने लक्ष्य रहेको उनले वताए । जसमा कुल १ करोड ३४ लाख मुल्य वरावरको कृर्षि यन्त्र उपकरण हस्तान्तरण गर्न लाग्किृा जानकारी दिए । जसमा कृर्षि विकास कार्यालयको ८० लाख अनुदान रहेको जनाएको छ ।


परम्परागत कृर्षि प्रणालीका कारण समय र श्रम खेर गई रहेकाले कृषकहरुको समय र श्रमको वचतका लागि अनुदान स्वरुप यन्त्र उपकरण हन्तारण गरी कृर्षि आधुनिकरण गर्दै कृर्षि आत्मनिर्भर वनाउने सरकारका लक्ष्य अनुरुप नै यन्त्रको विकास र विस्तार लाई प्रथामिक्ताका साथ लागु गरिएको शर्माको भनाई छ । उनले भने ‘ धान रोपाई देखी कटाई दाउने सम्मको सम्मका सवै यन्त्र भित्रि सकेका छन । तर कृषकहरु अझै उक्त यन्त्र उपकरणको प्रयोगमा उत्सुक्ता देखिएका छैनन । वैज्ञानिक र व्यवस्थित आधुनिक खेती प्रणालीको विकास गरी कृर्षि आत्म निर्भरताको विकास र जनशक्ति , समय र श्रमको व्यावस्थापनका लागि यो प्रणाली अति उपयोग र आवश्यक छ । उनले भने ‘वर्षेनी कृर्षि क्षेत्रको विकास र विस्तारका लागि सरकारले करौडौ रुपैया लगानी भित्र्याउदै आएको छ । तर जिल्लाको उत्पादकत्वमा खासै फरक आउन अझै सकेको छैन । कृर्षिको आधुनिकरणको विकास पनि हुन सकेको छैन । ्हालै मात्रै दाङमा ४० प्रतिशत किसानहरु यान्त्रिकरणको प्रयोगमा सुरु गरेको छन । जस वाट विस्तार दाङ यान्त्रिककरण उन्मुख हुदै गईरहेको भन्न सकिएता पनि सरकारी लक्ष्य अनुरुप अझै यसको विकास हुन सकेको छैन । तर यही अनुपात यन्त्रको प्रयोग र मोह वढ्दै जाने हो भने दाङ अवको ५ वर्षमा पुरै यान्त्रिककरण तर्फ फेरिन सक्ने उनले दावी गरे । अझै पनि गाँउका किसानहरु लाई हलगोरुकै साहारा र पुरानै खेती प्रणालीको खेती गरीरहेका छन । जसका कारण खेतीमा वैज्ञानिक र आधुनिक्ता विकास मन्दता वन्दै गएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्