दाङमा मापदण्ड बिपरित स्वास्थ्य संस्था संचालन अहिले सम्म ९४ वटा मात्रै दर्ता



 

दाङ २१ असार ।  जिल्लाका  अधिकांस स्वास्थ्य संस्था दर्ता बिनै सञ्चालनमा आएको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा अधिकासं स्वास्थ्य संस्था दर्ता विना नै संचालनमा आएको वताएको छ । संचालनमा आएका धरै स्वास्थ्य संस्था कानुनी दायरा भन्दा बाहिर रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाश कुमार योगीले जानकारी दिनुभयो ।दर्ता बिनै सञ्चालन भएका स्वास्थ्य संस्थाको एकिन विवरण कार्यालयमा नभएको योगीले वताउँनुभयो । दाङमा अहिले सम्म ९४ वटा स्वास्थ्य संस्थामात्रै दर्ता भएको वताउँदै कानुनी दायरमा नआउँनेलाई कारवाही गर्ने वताउनुभयो ।जिल्ला स्तरीय स्वास्थ्य संस्था सञ्चालक तथा अनुगमण समितिका सदस्य देबिलाल डाँगीका अनुसार दाङका धेरै हस्पिटल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिकहरु दर्ता बिनै संचालन भएको अनुगमनका क्रममा आफुले पाएको वताउँनुभयो ।

उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार वस्तु र सेवाको मुल्य सूची उपभोक्ताले सहज रूपमा देख्ने गरी राख्नु पर्ने प्रावधान छ । दाङका अधिकांश मेडिकल, क्लिनिक, अस्पताल र नीजि स्वास्थ्य संस्थानहरुले न त मूल्यसूची राखेका छन, न त कुनै पनि सामग्रीको मूल्यको जानकारी नै नदिने गरेको उहाँले वताउँनुभयो ।जिल्ला प्रशासन कार्यालय दाङले गैरकानूनी रुपमा संचालनमा संस्था आएको स्वास्थ्य संस्थाकोे अनुगम समेत नगरेको सर्वसाधारणले वताएका छन् ।जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसक्दा स्वास्थ्य क्षेत्रमा पनि समस्या निम्तिएका समेत बताएका छन ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्