दलित सचेतिकरणका लागि ३ दिने तालिम सुरु



सैघाली अनलाईन खबर
असार २३ , दाङ । दलित समुदायको शशक्तिकरण तथा सचेतिकरणका लागि दाङको घोराहीमा ३ दिने सचेतिकरण तालिम सुरु भएको छ । घोराही उप–महानगरपालिकाको आर्थिक सहयोग एंव दलित तथा असहाय वालवालिका संरक्षण केन्द्र आयोजनामा ३ दिने तालिम सुरु भएको हो ।

केन्द्रका अध्यक्ष मान वहादुर विश्वकर्माको अध्यक्षता एंव घोराही उप–महानगरपालिकाका सुचना अधिकारी प्रेम केसीको प्रमुख आतिथ्यताका तालिमको उद्घाटन सम्पन्न भएको हो । कार्यक्रममा वौल्दै प्रमुख अतिथि केसीले दलित समुदायको अझै पनि जातियताकै कारण सामाजिक वञ्चिितीकरणमा परेकाले दलित समुदाय लाई सचेतनाको विकास संगै समान सहभागिता कायम गरिनु पर्ने वताए । उनले भने सम्पन्न स्थानिय तह र जारी संविधानले दलित समुदाय लाई समानता र अधिकार सम्पन्न वनाई सकेको छ । तर दलित समुदायले उक्त अधिकार लाई अझै मानविय र सामाजिक विकास संग जोड्न नसकेको वताए ।

कार्यक्रममा पत्रकार गिरिराज नेपालीले दलित समुदाय अधिकार सम्पन्न भए पनि सामाजिकसम्मनाता अझै पाउन नसकेको टिप्पणी गरेका थिए । उनले भने‘ अझै दलित समुदाय माथि छोईछिटो र वोक्सी आरोप ’ जस्ता जघन्य अपराध र लालछना लगाई सामाजिक वहिष्कार गर्ने कार्यहरु अझै नरोकिएकाले दलित समुदाय सामाजिक न्याय अनुभुती गर्न नसकेको वताएका थिए । उनले भने दलित समुदाय लाई राज्यले दिएका आधारभुत अधिकारहरु अझै उक्त समुदायका तल्लो क्षेत्र सम्म पुग्न नसकेको आरोप लगाए । राज्यले दिने शिक्षा र स्वास्थ्य जस्ता अधिकार वाट अझै दलित वालवालिका तथा महिलाहरु वञ्चित रहेको वताए ।

दलित अगुवा कृष्ण नेपाली , टंक सुनार , पत्रकार शरद अधिकारी , दलित नेता तथा अधिकारकर्मि चुर्ण वहादुर नेपाली र शुक वहादुर विक लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । दलित अधिकारकर्मि भुमा विकको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण दामोदर वस्नेतले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्