घाईते पूर्व जनमुक्ति सेनाको आवास निर्माण गरिने



दाङ २१ असार । घाईते पूर्व जनमुक्ति सेनाको आवास निर्माण गरिने भएको छ ।तुलसीपुर उपमहानगरपालिका १७ का निवासी कमानबहादुर बस्नेतको आवास निर्माण गर्न लागिएको हो ।पूर्ब माओवादी केन्द्रको पहलमा जनयुद्धका घाईते समेत रहेका बस्नेतको आवास निर्माण गर्न थालिएको हो ।पूर्ब माओवादी केन्द्र तुलसीपुरको पहलमा जग्गा खरिद गरी आवास निर्माण गर्न थालेको आर्थिक समिति संयोजक भिम चौधरीले जानकारी दिनुभयो ।

करिव पाँच लाखको लागतमा दुई कोठे पक्की घर, सहित शौचालय समेत निर्माण गर्न थालेको चौधरीको भनाई छ।आवास निर्माणका लागि २ लाख ८० हजार, आर्थिक संङकलन भएको चौधरीले वताएानुभयो ।बस्नेतको श्रीमति दुई छोरा र दुई छोरी भएपनि हाल उहाँको साथका कोही पनि छैनन ।आवास निर्माणका लागि निर्माणका लागि पूर्ब माओवादी केन्द्रका नेता राम वहादुर दहित, तुलाराम भण्डारी बारुद, यज्ञ बहादुर केसी, अमृत खड्का, तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’लगायत नेता तथा कार्यकर्ताको पहल थाल्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्