२४ असार, काठमाडौं । नेपाल र चीनबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । नेपाल-चीनबीच उद्योगको दर्ता, स्थापना, संचालन र त्यसका वैदेशिक लगानी भित्र्याउन उचित वातावरण बनाउने उद्देश्यका साथ औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
ई देशमा उद्योग दर्ता, स्थापना, संचालन र त्यसका लागि आवश्यक वैदेशिक लगानी भित्रयाउने गरी ‘नेपाल-चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।
चीनले नेपालमा उद्योग संचालन गर्ने र त्यसका लागि वैदेशिक लगानी भित्रयाउने वातावरणको आवश्यक्तामा जोड दिँदै आएको थियो ।
‘नेपाल-चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी भएसँगै दुवै मुलुकमा निर्वाधरुपमा उद्योग दर्ता, स्थापना र संचालन गर्ने वातावरण बनेको छ । लगानीका लागि पनि आवश्यक वातावरण बनाउन समझदारीले थप सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरिएको छ ।
विहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘नेपाल-चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी उद्योग मन्त्रालयका सचिवलाई दिएको थियो ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।