साहित्यकार ‘नित्यानन्द शर्मा स्मृति ग्रन्थ’ प्रकाशन गर्न



दाङ ,२४ असार
लेखक संघ दाङले साहित्यकार ‘नित्यानन्द शर्मा स्मृति ग्रन्थ’ प्रकाशन गर्न भएको छ । आज लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले साहित्यकार शर्माको वार्षिक पूण्य तिथिको अबसरमा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको हो ।
स्मृति ग्रन्थ प्रकाशनका लागि प्राज्ञ उत्तमकृष्ण मजगैंया प्रधान सम्पादक रहेको सात सदस्यीय सम्पादक मण्डल चयन गरिएको छ । जसका सदस्यहरुमा डा। गोविन्द आचार्य, टीकाराम उदासी, आदिम के।सी।, केदारराज पाठक, हरिप्रसाद पाण्डेय र शारदा शर्मा रहेका छन् । त्यसैगरी नित्यानन्द शर्मा स्मृति ग्रन्थ प्रकाशन समितिमा सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा नारायण प्रसाद शर्मा, गिरीराज शर्मा, खगराज न्यौपाने, पुरुषोत्तम खनाल, पद्मप्रसाद शर्मा, शङ्कर पौडेल र कालिकादेवी शर्मा रहेका छन् । साथै स्मृति ग्रन्थमा प्रकाशन गरिने लेख रचनाका लागि श्रावण मसान्तसम्म स्रष्टा शर्मासँग सम्बन्धित लेख रचना सम्प्रेषण गर्न सम्पूर्ण सर्जकहरुलाई अनुरोध गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्