संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पायो



संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा समितिमा मनोनयन हुने सदस्यहरुको नामावली अनुमोदन गरेसँगै समितिले पूर्णता पाएको हो ।

समितिमा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट, सुरेन्द्रप्रसाद पाण्डे रहनु भएको छ ।

यस्तै कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुषाल गौतम रहनु भएको छ । राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ पनि संसदीय सुनुवाइ विषेश समितिको सदस्यमा मनोनयन हुनु भएको छ ।

राष्ट्रियसभाबाट यसअघि नै नेकपाका सुमन प्याकुरेल र नन्दा चपाइँ तथा कांग्रेसका जितेन्द्र नारायण देव समितिमा मनोनित भइसक्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्