सीप नभएका युवालार्ई वैदेशिक रोजगारीमा जान रोक



सैघाली खबर, २८ असार ।

प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालार्ई अब वैदेशिक रोजगारीमा जान रोक लगाइने भएको छ। सरकारले वैदेशकि रोजगारीमा जाने युवालाई कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउने तयारी गरेको छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारको पहिलो प्राथमिकता वैदेशिक रोजगार नभई देशभित्रको रोजगारी रहेको जनाउँदै रोजगारीको अल्पकालिन विकल्पका लागि वैदेशिक रोजगारीमा जानै परे पनि सीप सिकेरमात्र पठाउने बताएका छन्। सरकारले यसका लागि केही दिनभित्र बाध्यकारी नियम ल्याउने मन्त्री बिष्टले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्