चन्द्र शर्माले ल्याए तिज गीत सललललल चटचटचटचट



मेलोडी फिल्मस्को प्रस्तुतीमा रहेको तिज बिशेष गीत टल टल टल्किने ऐना भर्खरै मात्र बजारमा आएको छ । जसमा चन्द्र शर्मा र शारदा सापकोटाको स्वर रहेको छ । चन्द्र शर्मा गायक मात्र नभई उनी लोक दोहोरीको योद्धा अनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रिय अध्यक्ष पनि हुन् । यस क्षेत्रमा उनको ठुलो योग्दान हुनुका साथै निरन्तर लगाव र झुकाव पनि छ । उनले धेरै कलाकारहरुलाई सहयोग पनि गर्ने काम गरेका छन् ।

 

तिज बिशेष गीत टल टल टल्किने ऐना गीतमा खेम सेञ्चुरीको लय, शब्द रहेको छ भने प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । यस गीतको भिडियोमा रामजी खाण, प्रकाश सपुत, अञ्जली अधिकारी र करिश्मा ढकालको नृत्य हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्