श्रीमति मान्यताको भावुक सन्देश, ‘तिमी हारे पनि कतै नरोकिनु



सञ्जय दत्तको जीवनमा आधारित चलचित्र सञ्जुको व्यापक चर्चा र कमाइ गरेपछि सञ्जयको श्रीमतिले भावुक सन्देश पोष्ट गरेकी छिन्। इन्स्टाग्राममा छोराछोरी र सञ्जय दत्त सँगको पोटो पोस्ट गरेर उनले ‘तिमी हारे पनि कतै नरोकिनु, कठिन बाटोमा हिड्दा सफलता पाइन्छ।’ मान्यता सञ्जयको हरेक राम्रो नराम्रो समयमा साथै छिन्। जब उनी जेलमा थिए, जेलबाट बाहिर आए तब मान्यता उनलाई लिन जेल गइन्।

सञ्जुमा मान्यताको भूमिकामा दिया मिर्जा देखिएकि छिन्। यो चलचित्रमा सञ्जय दत्तको जीवनमा भएको सबै उतार चढावलाई प्रस्तुत गरिएको छ। उनको लागूऔषधको प्रयोग गर्नु, सन् १९९३ मा बम आक्रमणमा नाम आएको, बलिउडमा उनले करियर सुरु गरेको र मुन्नाभाईमा अभिनय गरेपछि मिलेको सफलता यो चलचित्रमा देख्न पाइन्छ। चलचित्र हेरेर दर्शकले राम्रो प्रतिक्रिया आइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्