कमल थापाले उठाए दुई महत्वपूर्ण विषय



काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकमा समसामयिक विषयबारे छलफल सुरु भएको छ ।

आइतबार सिहंदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागी विषय प्रवेश गराएका छन् । बैठकमा सरकारमा सहभागी हुने र नहुने तथा संविधान संशोधन विधेयक पास गराउन साथ दिने कि नदिने भन्ने विषयमा छलफल भएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज कुनै निष्कर्षमा पुग्न सकिएन् ।

स्रोतका अनुसार राप्रपा सरकारमा जान र संशोधनका लागि तयार छ । यद्यपी औपचारिक निर्णय हुन बाँकी छ । सरकारमा जान सम्मानजनक स्थान राप्रपाले माग गरेको बताइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्