विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक – मुख्यमन्त्री शाही



सुर्खेत,१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको वताउनुभएको छ । भ्रष्टाचार र अनियमितता गर्ने उद्धेश्यले योजना निर्माण हुने परम्परा रहेको वताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको उहाँको भनाई छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको सुवाघाटमा आज सिमान्तकृत, आदीवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्ताणतरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शुन्य सहनशिलताको नीति अवलम्वन गरेको वताउनुभयो ।

 

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही नागरिक भुमीहीन भएर वस्नुनपर्ने वताउनुभयो । सवै किसिमका भुमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भुमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । ‘सिमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गको आफनै आवास निर्माणका लागि सरकारले आवश्यक वजेट सहित मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘अव तपाईहरु सवैको आफनै घर हुन्छ, कोही पनि वगर र जोखिमपुर्ण क्षेत्रमा टहरा हालेर वस्नुपर्दैन ।

कार्यक्रममा लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लालवहादुर राजीले सिमान्तकृत, अल्पसंख्यक, पिछडा समुदायको जिवनस्तरमा परिवर्तन ल्याउन वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य विद्युत प्रणाली वितरण गरिएको वताउनुभयो ।
लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्दद्धारा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री, प्रदेश सभा सदस्य ठम्मर विष्ट र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले सम्वोधन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्