डा. केसीको जीवन रक्षाको माग गर्दै राँको बालेर साउने संक्राति मनाइयो



सैघाली खबर, २ साउन ।
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै जुम्लामा साउने संक्रान्ति मनाइएको छ । नागरिक समाज जुम्लाको अगुवाईमा मंगलबार साँझ मुख्य बजार बालमन्दिरमा कालो ब्यानर, प्लेकार्ड सहित प्रदर्शन गरिएको छ ।

डा. गोविन्द केसीको माग पूरा गर, कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तुरुन्त एमबीबीएस सञ्चालन गर लगायतका नारा लेखेको ब्यानरसहित प्रदर्शन गरेर साउने संक्राति मनाइएको हो । उनीहरुले सरकारको सोंचमा भएको नराम्रो चिज सफा होस् र डा. गोविन्द केसीले उठाएका मागहरु पूरा हुन भन्ने कामना गर्दैै राँको बालेर बालमन्दिरमा आगो बालेका हुन ।

सरकारलाई ध्यानाकर्षण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिए । यता अनसनको १९ औं दिन भईसकेको डा. केसीको स्वास्थ्य अवस्था झ्न गम्भीर बन्दै गएको छ । चिकित्सकहरुले मंगलबार निकालेको स्वास्थ्य प्रतिवेदन अनुसार मुटुको चाल, श्वासप्रश्वास र रक्तचापमा तलमाथि भैरहेको छ ।

रगतको प्रतिवेदनमा पनि पोटासियम, म्याग्नेसियम र  क्याल्सियमको मात्रा निकै घटेको छ । यसैगरी मुटुको गति तलमाथि तल भएको हुँदा जतिबेला पनि समस्या हुने डर भएको डाक्टरहरुले बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्