कृषि फर्ममा आगलागि हुदा लाखौंको क्षति



दाङ ,२ साउन । तुलसिपुर स्थित शिबमाया बहुउद्देश्यीय कृषि फर्ममा आज दिउसो आगलागि भएको छ ।बुधबार दिउसो कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिक बाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरिले जानकारी दिनुभएको छ ।

 

आगलागि बाट कम्पनीका उत्पाद गरेका नमकिन तथा चिप्सहरु पुर्णरुपमा जलेका छन भने केही मेसिनमा समेत क्षति पुगेको छ ।आगलागिबाट फर्ममा झन्डै ९ लाखको क्षति भएको सञ्चालक कमलापुरिले जानकारी दिनुभएको छ ।शिवमाया कृषि फर्ममा रिजम तथा प्रधानमन्त्री आधुनिकिकरण कृषि कार्यक्रमले समेत लगानी गरेका छन ।तुलसिपुर ८ अश्वारामा रहेको कृषि फर्मले केही महिना देखि विभिन्न परिकारका चिप्स तथा नमकिनहरु उत्पादन गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्