१११२ मा फोन गर्नुस्, गृहमन्त्रीलाई गुनासा सुनाउनुस्



२६ असार, काठमाडौं । नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने भएका छन् । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको हो । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी दिए । यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन .

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्