अधँुरो ४ लेनले बटुवा लाई सास्ती



 

गिरिराज नेपाली
२६ असार  ,दाङ । ‘जेष्ठमास धुलो सतायो , वर्खामा हिलोले ..’ बाटैभरी चारैतिर खाल्टाखुल्डी र हिलैहिलो भरिएको छ । बाटोमा हिड्नेमा छैन । अझै त्यसैमा पनि गाडी हुकिएर आउछन । जिउभरी हिलो छ्याप्पदै जान्छन । जिउभरी हिलैहिलो हुन्छ । वरिपरी हिड्नै सकिदैन । बाटैभरी वालुवा र ढुङगा थुप्रिएका छन । साँघुृरो वाटो त्यसैमा पनि हिलैहिलो हैसानी वनाएको छ । तर नागरिकको मर्का कसले वुझ्छ र ? भन्दै घोराही मेनरोड स्थिति विष्णु पौडेलले गुनासो गरे । पौडेलले भने हिलामे भई पैदल हिड्ने नागरिकको मर्का कसले वुझ्छ र ? भन्दै उनले भने ‘कम्सेकम खाल्टाखुल्टीमा पुरिदिए तँ , हिलोमा भएपनि हिड्न सकिन्थ्यो ? तर त्यो पनि कसैलाई मतलव छैन । वर्खा लागिसक्यो । न ठेकेदार लाई वास्ता गर्छन । नत सम्वन्धीत निकायहरु नै जे गरे पनि नागरिकले नै भोग्नु पर्ने भयो । निर्माण अवस्थामै अलपत्र परेका छन । हरिविजोगकै भयो , विकास र नागरिकको ..


अञ्चल सरमुकाम तुलसीपुर र जिल्ला सदरमुकाम घोराही पछिल्लो समय जनसख्या वृद्धिको चाँप वृद्धि संगै सवारी चाप पनि वढ्दै जान थाले पनि सडक सञ्जालको स्तरोन्नती गरी सहज सडक सेवा दिने उद्देश्यले ३ वर्ष अभि निर्माण सुरु गरिएको दुई ४ लेन सडक विस्तार अलपत्र अवस्थामा रोकिदा नागरिकहरु सास्ती पुर्ण पैदल यात्रा गर्नु परेको छ । भने जताततै खाल्टाखुल्टी हुदा सवारी पनि जोखिमपुर्ण सवार गरीरहेका छन । ११ करोड ,६४ लाख ,१३ हजार लागतमा कान्छाराम शंकरमाली जेभि निर्माण कम्पनीले २०७१ साल भदौ ११ गते निर्माण सुरु गरेको घोराहीको कटुवा खोला देखी करिव तुलसीपुर चोक सम्मको १४ सय मिटर ४ लेन सडक पछिल्लो समय पुर्ण रुपमा रोकिएको छ । भने जताततै खाल्टाखुल्टीले पैदलयात्री देखी ठुला सवारीको आवगमनमा सास्ती निम्त्याएको छ ।
घोराहीको हालत मात्रै होईन तुलसीपुरमा निर्माणाधिन ४लेन सडकको अवस्था र वजारवासीको समस्या पनि उस्तै रहेको छ । ५ करोड ४७ हजारको लागतमा गौरी निर्माण सेवाले तुलसीपुरको विरेन्द्र चोक देखी हात्तीखँवा सम्म करिव ८ सय मिटर ४लेन पनि अझै पुरा हुन सकेको छैन । शहरी क्षेत्रमा निर्माण सुरु भएका सडकहरुको निर्माण कार्य अत्यन्त सुस्ताएका वजारवासी संगै अन्य नागरिकहरुले पनि सास्ती खेप्नु परेको छ ।
२०७१ साल भदौ ११ गते देखी निर्माण सुर गत चैत्र मसानत सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने निर्माण कम्पनी संग सहमति भए पनि निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा सर्वसाधरणहरुले सास्ती खेप्नु परेको सडक डिभिजन कार्यालय घोराहीले जनाएको छ । निर्माण कम्पनीहरुको लापरवाहीका कारण नागरिकहरुले जोखिम पुर्ण सवार गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री प्रसाद शर्माले वताए । उनले भने निर्माणाधिन अवस्थमा रोकिएका दुई सडकहरुको अनुगमन गरी तत्काल ति सडकका खाल्टाखुल्टी व्यावस्थापन गर्न सम्वन्धीत निर्माण कम्पनीहरु लाई निर्देशन दिने वताए । उनले भने ‘ ४लेन सडकहरु करिव सकिसक्नु भएता पनि निर्माण कम्पनीहरुको आनाकानी र लापरवाहीका कारण सडकहरु अस्तव्यस्त वनेकोले त्यो अस्तव्यस्त लाई चाँडै समस्या समाधान गरी पैदलयात्रीहरु सहजता दिने वताए । उनले भने तुलसीपुर क्षेत्रको ४ लेन सडक विस्तारको म्याद गुज्रिसकेको छ । म्याद थपका लागि मन्त्रालयमा परिपत्र पेश गरको छौ । तर सोचे जस्तो काम नगरेकाले त्यसको विकल्प खोज्नु पर्ने अवस्था समेत देखिएको उनले वताए । उनले तुलसीपुर ८ सय मिटरको जम्मा २५ प्रतिशत मात्रै प्रगती देखिएको छ । भने घोराहीको करिव आधा काम सम्पन्न भई सकेको छ । अव ग्राभेल गरी पक्की गर्ने छुटफुट कतै नाला निर्माण गर्नु पर्ने छ । उनले भने – तर अहिलेका टट्कारो समस्या वाटोका खाल्टाखुल्टी पुर्ने र हिलो नियन्त्रण गरी हो । त्यो तत्काल पुरा हुन्छ ।

निर्माणाधिन पुलहरुमा अस्थाई डाईभर्सन व्यावस्थापन   

जिल्लाका निर्माणाधिन पुलहरुमा अस्थाई डाईभर्सनको व्यावस्थापन गरी सवारी आवगमनमा अवरोध हटाउने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री प्रसाद शर्माका अनुसार निर्माणाधिन पुलहरुमा निर्माण कम्पनीहरु लाई सम्झौता अनुरुप अस्थाई डाईभर्सन नगरेका , सम्झौता नभएका पुलहरुमा कार्यालय आफ्नै पहलमा अस्थाई डाईभर्सन निर्माण गर्ने उनले वताए । जिल्लाको यातायात सेवा नियमित संञ्चालनका लागि जिल्लाको ३ स्थानमा डोजर राखिने शर्माले जानकारी दिए । पुर्वी क्षेत्रमा लमही , दाङको घोराही र पश्चिम क्षेत्रको सल्यान र दाङको सिमामा एउटा १÷१ वटा यन्त्र राखिने उनले वताए । उनले भने वर्षातमा समयमा पहिरो खस्ने यातायात अवरुद्ध हुने भएकाले त्यस्ता सम्भावित क्षेत्रहरुमा १÷१ वटा डोजरको व्यावस्थापन गरिने लागिएको उनले वताए । भने खोलाहरुमो अस्थाई डाईभर्सनको व्यावस्थापन पनि छिट्टै सुरु गरिने उनले वताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्