आदरणीय मेयर नरुलाल चौधरी ज्यु
नमस्कार
हजुरले घोराही उपमहानगरपालिकाको नेतृत्व समालेको पनि आज एक बर्ष भन्दा धेरै भैसके छ, हजुरलाइ जिताउन रात दिन नभनी चुनावमा हिडेको पनि हिजै जस्तो लाग्छ ,हामीले जनताको सामु कमरेड नरुलाल चौधरीले जितेपछि जनताका प्रत्येक दुख सुख प्रती स्थानीय सरकारबाट चासो ब्यक्त हुने छ्न साथ सहयोग हमेशा रहनेछ ढुक्क भएर भोट दिनुस भन्दै गाँउका बर्गिय मान्छेहरुलाइ आश्वासन ब्यक्त गरेको कुरा मेरो स्मरणमा जिबित छ, हजुरलाइ भेटेर दैनिक जनजिबिकाको सवालमा हजुर शीत भलाकुसारी गर्ने मन छ । हजुर उपमहानगरको प्रमुख ब्याक्तित्व भएका कारण मेरा लागि समछुट्टाउन सक्ने कुरो त पक्कै रहेन र म हजुरको बाध्यता पनि बुझ्द छु।
आज साझ म करिब छ बजे तिर आफ्नो काम सकेर घोराही देखि नारायणपुर जाँदै गर्दा अब कल्पना गरिएको स्मार्ट सिटिको मुख्य प्रबेशद्वार डिके पेट्रोल पम्पको नजिकै एउटा बडेमानको ट्रक उभिरहेको थियो ,किन बिच सडकमा रोकेको होला भनेर मैले ड्राइभरलाइ झर्केर सोधे किन ट्राफिक डिस्टब हुनेगरी रोकेको गुरु भन्दा ड्राइभरले उहिपाराले जवाफ दिए तपाईंको स्मार्ट सिटिको बाटो खुब राम्रो छ क्यारे फिलिली कुदाउन मिल्ने अनि नरोकेर क्यार्नु मैले यत्तिनै शब्दमा बुझिसके ट्रक फसेको रहेछ उनी निकै समस्यामा भएको मैले पाए म नबोली साइड्लागे अनि बाटै भरी मनमा कुराहरु खेल्दै आए आखिर जनप्रतिनिधि किन चुनेर पठाएको मलाई प्रश्न गर्न मन लाग्यो
लमही तुल्सिपुर सडक खण्डहरुमा पर्ने हरेक खोलाहरुमा सवारी चलाउदा ज्यानको बाजि थाप्नु पर्छ के यहि अनुभूति गर्नको लागि स्थानीय सरकार बनेको होत हामिले स्थानीय सरकार हजुरको नेतृत्वमा छ भन्ने कुरा कुन कोणबाट प्राप्त गर्न सक्यौ त लेख्दा लेख्दै लामो हुन गएछ , अन्त्यमा हजुरको नेतृत्व पाएको घोराही उपमहानगरपालिका देशकै उत्कृष्ट हुनेछ भन्ने आशा ब्यक्त गर्दछु।
तपाईंको शुभचिन्तक।
पा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।