अभिनयको लागि जन्मिएकी बेबो



दाङ, ५ श्रावन । सुन्दरतासँगै अभिनय र नृत्यमा पोक्त बेबो आचार्य यतिबेला नेपाली चलचित्रमा अभिनय गर्ने योजनासहित अगाडी बढेकी छन् । चितवनमा जन्मिएपनि काठमाडौंलाई कर्मथलो बनाएकी २१ वर्षीया बेबोले हालसम्म ७ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

छोटो समयमा नै एकपछि अर्को म्यूजिक भिडियोमा अभियन गरेकी बेबोलाई नेपाली चलचित्रमा नायीकाको लागि समेत प्रस्ताव आएको छ । चलचित्रको नाम सार्वजनिक गर्न नचाहेकी बेबो भन्छिन्, ‘अब दर्शकले मलाई छिटै नै नायीकाकारुपमा देख्न पाउनेछ ।’

सिने क्षेत्रमा नै समर्पित हुने सोँचसहित अगाडी बढेकी बेबोले फोटोसूटहरु पनि धेरै पटक गरिसकेकी छन् । साँगीतिक कार्यक्रमहरुमा डान्सरकारुपमा काठमाडौं र बाहिरी जिल्लाहरुमा समेत पुगि सकेकी बेबो हाल व्याचल चौथो वर्षमा अध्ययन गर्दैछिन् ।

 

हुमनाथ आचार्य र इन्दिरा आचार्यको साइली छोरीकारुपमा जन्मिएकी बेबोलाई यो क्षेत्रमा लाग्नका लागि घरपरिवारको पूर्ण समर्थन छ ।

परिवारको समर्थनका कारण छोटो समयमा नै धेरै अगाडी बढेको बताउने बेबो भविष्यमा सफल नायीका बनेरै छाड्ने दृढ संकल्पमा छिन् ।  ‘म दिन रात एक गर्नेछु, सफल नायीकाको दर्जमा आफूलाई उभ्याउनेछु’, बेबो थप्छिन्, ‘परिश्रम गरे फल पाइन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्