‘असारे हिलोमा झुल्दै चैते धान ’



गिरिराज नेपाली
२७ असार दाङ । ‘झिमझिमे असारे झरीमा पहेलै पाकेका धान’ राप्ती नदि वरीपरीका खेतहरु पहेलपुर झुलेका छन । कतै वर्खे धानको रोपाईको चटारो तँ कतै चैतेधान भित्र्याउने चटारो यतिवेला दाङका किसानहरु लाई छोएको छ । असारे झरीमै पनि किसानहरु कतै हलगोरु संगै देखिन्छन तँ , कतै हातमा हसिया लिई धान काट्ने मेलोमा व्यस्त छन । कतै रोपाईको चटारोले छोएको छ तँ कतै धान काट्ने चटारोले छ ।
१०÷१२ दिने यता दाङमा लगातारको वर्षातका कारण बर्खेधानको रोपाई पनि मचामच सुरु हुन थालेको छ ।

पहेलै पाकेको चैतेधानवाली खेतहरुमै झुलीरहेका छन ।भन्ने लगातारको वर्षातका कारण चैतैधान भित्र्याउन नपाईने पो होकी भन्ने चिन्ताले पनि किसानहरु लाई छोएको छ । चैतेधान भित्र्याई बर्खेधान रोपौला भने वेलामा लगातार पानी परेको प¥यै छ । दाना खेतमै झर्न सुरु हुन लाग्यो । तर अझै भित्र्याउन पाईएकै छैन । खस्ने वेला भईसक्यो । तर वाली भित्र्याउन पाईसकै छैन भन्दै लमही ३ फल्कापुरका रामला पौडेलले चिन्ता व्यक्त गरे । उनले भने ‘थोपा–थोपा जम्मा गरी चैतेवाली लगायो । भित्र्याउने वेला भईसक्यो । पानी परेको प¥र्या छ । ’वाली झर्न लाग्यो । तर वाली भित्र्याउन सकिएकै छैन । वरिपरी सवैले वर्खेवाली रोपी सके , ‘तर वर्षातले वाली भित्र्याउन मुस्किल परिरहेको छ । ’ उनले भने वाली लगायो , अव भित्र्याउला भने वेलामा पानीले सवै वाली लैजान लाग्यो । दुख गरी–गरी लगायो वाली त्यत्तिकै खेर जाने होकी भने चिन्ता लागेको छ ।
त्यस्तै सोही ठाँउका किसान भक्तीराम घिमिरेले भने ‘अव वाली भित्र्याउने भने वेलामा वाली काट्न नदिने गरी पानी परेको प¥र्याई छ । झरी झारिसक्न लाग्यो । ’ तर वाली भित्र्याउन पाईएको छैन । चारैतिर बर्खेवालीको रोपाई सुरु भईसक्यो । तर हामीले यसपाला चैतेवालीकै भित्र्याउन नपाई नै चित्त वुझाउनु पर्छ की जस्तो छ ।

तर जिल्ला कृर्षि विकास कार्यालय दाङले पछिल्लो २ वर्ष यता दाङ चैतेधान वाली तर्फ किसानको आकर्षण वढ्दै गएको जनाएको छ । बर्खेवाली भन्दा चैतेवाली १० प्रतिशतले उत्पादन वृद्धि हुने हुनाले किसान चैतेवाली तर्फ उन्मुख हुदै गएको माटो विज्ञ दिवंगर यादवले वताए । सिचित क्षेत्रहरुमा बर्खेधान भन्दा चैते धान १० गुणा उत्पादन वृद्धि हुने भएकाले देउखुरी क्षेत्रका किसानहरु थोपा सिचाईका माध्यमवाट भए पनि वर्खेधान रोपाईमा आकर्षित वन्दै गएको उनले वताए । सरकारले चैतेवाली अनुदान तर्फ प्रति हेक्टरका दरले ५ हजारका दरले प्रोत्साहन रकम किसानहरु लाई वितरण गर्दै आईरहेकाले पनि किसानहरु चैतेधानवाली तर्फ आकर्षित वन्दै गएको उनले वताए ।
चैतेधान र वर्खेधान रोपाईले एक वर्षमै दुईवाली भित्र्याई खाद्यवालीमा दाङ लाई आत्मनिर्भर वनाउने उद्देश्यले सरकारले किसानहरु उत्साहित गर्ने लक्ष्यका साथ चैतेवाली रोपाईमा प्रोत्साहन रकम वितरण गर्दै आईरहेको उनले वताए ।

उनले भने तर यो वर्ष गतवर्ष भन्दा चैतेधान रोपाई ३ हप्ता ढिलाई भएकाले समयमा किसानले वाली भित्र्याउन समस्या खेप्नु परेको उनले वताए । उनले भने ‘गत वर्ष असारको ८÷१० मै चैतेवाली भित्र्याई सकेका थिए । तर यो वर्ष असार सकिन लाग्दा समेत वाली कटान गर्न नपाउदा असारे झरीले वाली झार्न सुरु गर्दा किसानहरु लाई थप दुखेसोमा परेको उनले वताए । यस वर्ष दाङमा १ सय ८ हेक्टर क्षेत्रफलमा चैते धान रोपाई गरिएको छ । जसमा यस वर्ष प्रति हेक्टर ५१ कुन्टल २५ केजी उत्पादन हुने अनुमान गरिएको छ । भने गत वर्ष दाङमा ८० हेक्टर क्षेत्रफलमा चैतेधान रोपाई गरिएको थियो । भने प्रति हेक्टर ४० कुन्टल २५ केजी उत्पादन भएको यादवले जानकारी दिए । यस वर्ष चैतेधान प्रति हेक्टर १० प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।

यादवले भने ‘ देउखुरीको लमही नगरपालिका र गढवा गाँउपालिकामा मात्रै रोपाई ढिलो भएकाले वाली भित्र्याउन समस्या भएता पनि अन्य क्षेत्रमा चैतेवाली भित्र्याई सकेको वताए । जसमा वंगलाचुलीमा १२ हेक्टर , गढवाको गाँउपालिका १२ हेक्टर मध्ये ८ हेक्टर वाली कटान भई सकेका बबई गाँउपालिका २५ हेक्टर र राजपुरको गुरुङ र रनसिंह खोलामा ३४ हेक्टरमा वाली कटान गरी बर्खे धान रोपाई सुरु भई सकेका जानकारी दिए ।
मत्स्य तथा चैतेधान वाली क्षेत्रको अनुगमन

जिल्ला कृर्षि विकास कार्यालय दाङले सोमवार देउखुृरी क्षेत्रको चैते धावाली तथा मत्स्य पालन क्षेत्रहरुको अनुगमन गरेको छ । वार्षिक कार्य तालिकका अनुसार मत्स्य विकास कार्यक्रम अन्र्तगत माछा पालन क्षेत्र तथा धानवाली विकास कार्यक्रम तर्फ चैतेधान व्लक क्षेत्रहरुको अनुमगना गरिएको हो । जसमा जिल्ला कृर्षि विकास कार्यालय दाङका मत्स्य विकास अधिकृत सुरेन्द्र भुज र माटो विज्ञ तथा धानवाली अधिकृत दिवंगर यादव लगाएत पत्रकार टोलीले स्थलगत अवलोकन गरेका थिए । देउखुरी क्षेत्रका स्वर्गद्धारी कृर्षि तथा पशुपालन फर्म वनघुस्ी , लामा फिस हाउस टिकुलीगढ , कोल्ड स्टोर , स्वर्गद्धारी कृर्षि फर्म फल्कापुर , चैतेधानवाली अवलोकन फल्कापुर , सिसनिया , पिपरी लगाएतक स्थानहरुको अवलोकन गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्