आमनिर्वाचनका उम्मेदवार कै हत्या



सैघाली खबर, ७ साउन ।

पाकिस्तानमा बुधवार हुने आमनिर्वाचनका उम्मेदवार कै हत्या गरिएको छ । मतदानको दिन नजिकिंदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढेका छन् । त्यही क्रममा हिजो एक जना उम्मेदवारकै हत्या गरिएको हो । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएका छन् ।

गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएका हुन् । क्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन् ।

पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुँदैछ । चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १ सय ७० जना मारिइसकेका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्