सरसफाई अभियान सबै नगरवासीको साझा अभियान हो पाण्डे



क्लिन तुलसीपुर अभियान ४७ औ हप्तामा

आषाढ २७ दाङ क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा नवनिर्वा्चित जनप्रतिनिधिहरु सहभागी हुनु भएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाले संयुक्त रुपमा संचालन गरेको अभियानको आज मंगलबार ४७ औ हप्तामा तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वा्चित मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्य सहभागि हुनुभएको हो । तुलसीपुरको बिरेन्द्र चौकबाट अभियानको सुरुवात गरीएको थियो । उद्योग बाणिज्य सँघका अध्यक्ष विमल रीजालको अध्यक्षता तथा नवनिर्वाचित मेयर पाण्डेको प्रमुख आतिथ्यतामा अभियानको सुभारम्भ भएको थियो । उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले अभियान सवैको साझा भएकाले यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । साझा पहिचानका रुपमा रहेको अभियानले तुलसीपुरलाई चिनाएकाले सवैको साथ आवस्यक रहेको उहाले बताउनुभयो ।

सो आवसरमा उहाले सरसफाई सम्बन्धी नारा पढेर सुनाउनुभएको थियो । आजको अभियानमा मेयर उपमेयर सहित वडा अध्यक्षहरु सहित आम सर्वसाधारणहरुको समेत उल्लेखनिय सहभागीता रहेको थियो । आजको सरसफाई अभियानको अगुवाई राप्ती बहिरा सँघले गरेको थियो । सरसफाई अभियानमा दर्जनौ सँघ सस्थाको सहभगिता रहदै आएको छ । विरेन्द्र चौक बाट सुरु भएको सरसफाई अभियान वाहिनि चौकमा पुगि समापनका अवसरमा राप्ती वहिरा संघ की निर्देशक प्रतिमा शर्मा र अध्यक्ष अजय शर्माले धन्यवाद सहित मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा शर्माले सरसफाई अभियान सबैको मानव जिवन संग जोडिएको भन्दै यसमा सम्पूर्ण नगरवासीको अनिवार्य रुपमा सहभागिता हुनु पर्ने वताउनु भएको थियो । उद्घाटन कार्यक्रमको सहजिकरण बाणिज्य सँघका प्रेस सल्लाहकार शरद रेग्मी र सचिव मिनराज भण्डारीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्