जनसंख्या वृद्धि प्रमुख कारक नै बाल विवाह



सैघाली अनलाईन खबर
२७ असार, दाङ । जनसख्या वृद्धिको प्रमुख कारक नै बाल विवाह रहेको एक कार्यक्रमको सहभागीहरुको वताएका छन । ‘व्यवस्थित परिवार समृद्धिको आधार भन्ने मुलनाराका ्साथ मंगलवार दाङको घोराहीमा आयोजित विश्व जनसख्या दिवसको अवसरमा वोल्ने वक्ताहरुले वालविवाह नै जनसख्या वृद्धिको प्रमुख कारक रहेको वताएका हुन ।

स्थानिय विकास अधिकार कुल वहादुर जिसीको अध्यक्षता एंव घोराही उप–महानगरपालिका नवनिर्वाचित मेयर नरुला चौधरीको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रममा वौल्दै प्रमुख अतिथि मेयर चौधरीले बाल विवाह नै जनसख्या वृद्धिको प्रमुख कारक तत्व रहेकाले वाल विवाह लाई सामाजिकमै अन्त्य गरिनु पर्ने वताएका थिए । उनले भने ‘कानुनी रुपमा वालविवाह पुर्ण निधेष भए पनि सामाजिक रुपमा अझै अन्त्य हुन नसक्दा सामाजिक रुपमा वाल विवाह अझै कायमै रहेको उनले वताए । उनले ‘वाल विवाह सामाजिक अपराध भर्एता पनि चेतना अभावका कारण पश्चिम नेपालका जिल्लाहरुमा वालविवाह अझै कायम छ । ’ चौधरीले भने दाङमा धेरथोर मात्रामा वालविवाहका घटनाहरु सावैजानिक भई रहेका छन । तर त्यो आद्यावधिक गर्न सकिएको छैन । जसका कारण वालिकाहरु मानसिक एंव शारिरीक रुपमा अझै शोषित भई रहेका छन । उनले कम उमेरमा वालिकाहरु वालविवाहको शिकार पर्दा प्रजनन स्वास्थ्य समस्या समेत ग्रसित हुने गरेकाले वालविवाह सामाजिक रुपमै अन्त्य गर्न सवैले हातेमालो गर्नु पर्ने उनको धारणा थियो ।

उक्त कार्यक्रममा जनसख्या विद सुर्दशन रिजालले एक सामाग्ी प्रस्तुत गर्दै नेपालमा १५–१९ वर्ष उमेर समुहका ४ जना किशोरीहरु मध्ये १ जनाको विवाह अर्थात अनुपातिक रुपमा २४ दशमलव ५५ प्रतिशत किशोरीहरु वालविवाहको शिकार हुनु परिरहेको जनाएका थिए । नेपालमा सरदर पुरुष १९ र महिला १७ वर्षको विवाहवारी गरिदिने प्रचलन कायम रहेको र हरेक १ हजार शिशुहरु मध्ये ८१ जना किशोरी आमाहरु जन्मेन गरेको जानकारी दिए । त्यस्तै राष्ट्रिय जनसाख्यिक तथा स्वासथ्य सर्वेक्षण सन २०११ अनुसार १५ –१९ वर्ष उमेर समुहका १७ प्रतिशत किशोरीहरुले बच्चा जन्माउने गरेको पहिलो पटक गर्भवति हुने गरेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण परिवार नियोजन दाङ शाखाका शाखा प्रर्वन्धक बसन्त खनालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्