कमल गाउँलेको चाइना रेल



दाङ, साउन ९ । जति जति बेला आईगात्रा आईपुग्छ तव तव भाईरल बन्छन् कमल गाउँले । १८ वर्ष देखि कुनै पनि गाईजात्रा कमल गाउँलेको कोसेली विना गएको छैन । देश परदेशमा चिरपरिचित हास्य कलाकारको रुपमा ख्याती कमाएर कमल गाउँलेले १८ वर्ष देखि गाईजात्राको कोसेली प्रस्तुत गर्दै आएका छन् ।

गाउँलेको १८ औ एल्वमको रुपमा चाईनाको रेल बजारमा आईपुगेको छ । २०७५ सालको गाईजात्राको कोसेलीको रुपमा कमल गाउँलेले चाईनाको रेल नामक एल्वब बजारमा ल्याएका हुन् । एल्बमको संघीय संसदका सभामुख कृष्णबहादुर महराले लोकापर्ण गरे । गाउँलेको गाईजात्रा एल्वम घोराहीमा लोकार्पण गर्दै सभामुख महराले कमल गाउँले हास्यब्यँग्यको क्षेत्रमा स्थापित नाम भएको भन्दै समाजमा रहेका विकृति, विसंगतीलाई पर्दाफास गर्ने कार्य संगै विकल्पको बाटाहरु पहिल्याउन पनि आग्रह गरे । समस्याहरुका उठान संगै त्यसको सेफ ल्याण्डिङ पनि आबस्यक रहेको महराले बताए ।

 

कार्यक्रममा कमल गाउँलेले १८ वर्ष देखि निरन्तर गाईजात्रा एल्वम बजारमा ल्याएको दर्शक र स्रोताहरुको मायाले नै आफुलाई उत्साहित बनाएको बताए । नेपाली कलाकारितामा १८ वर्ष देखि निरन्तर रुपमा गाईजात्रा एल्वम निकालेर राजनीतिक नेतृत्व, सामाजिक अभियान्ता, कलाकार, जनता सबैलाई सचेत बनाउने अभियानमा कमल गाउँलेको विशेषता नै बनेको छ ।

एक हजार भन्दा बढि नेपाली गीतहरुमा उत्कृष्ट अभिनय प्रस्तुत गर्दै आएका कमल गाउँले नेपाली ग्रामिण सामाजिक परिबेशका एक छट्टु पात्रको रुपमा खुब रुचाईएका कलाकार हुन् । विकृती मौलाएका सामाजिक विषयलाई गाईजात्रा एल्वममा उठाउदै आएका उनि रमाईला प्यारोडी गितहरु समाबेश गरेर मनोरञ्जनात्मक रुपले ब्यङ्गय समेत प्रस्तुत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्