भोकका कारण तीन बालिकाको मृत्यु



सैघाली खबर, ११ साउन ।

भारतको राजधानी दिल्लीको मंडावलीमा भोकका कारण तीन बालिकाको ज्यान गएको पुष्टि भएको छ । भोकको कारण दुई वर्षकी सुक्का, चार वषकी पारुल र आठ वर्षकी मानसीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुको भोककै कारण ज्यान गएको पोष्टमार्टमबाट पुष्टि भएको हो । गएको शनिबार मंडावली पुगेका बालिकाको मंगलबार सुतेकै अवस्थामा ज्यान गएको थियो । घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्