बालकको हत्या



दाङ २८ असार

तुलसीपुरमा एक बालकको हत्या भएको छ।तुलसीपुर उपमहानगरपालिका ६ निबासी ११ बर्षीय सहाबुद्धिन अन्सारीको हत्या गरिएको हो । सलले घाँटी थिचेर अन्सारीको हत्या गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले बताए । बालकको घाँटीमा निलडाम देखेपछि प्रहरीले अनुसन्धान थाल्दा हत्या भएको रहस्य सार्वजनिक भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार समिम अन्सारीको पशलमा कामगर्ने दुई जना वालक वकील अन्सारी र सांध अन्सारी बिच हत्या भएका वालक शाहा वुदिन अन्सारी बिच सामान्य झगडा भएपछि दुई जनाले वालक शाहा वुदीनको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ ।

। हत्या गरिएका अन्सारीका अभिभावको तुलसीपुर ६ घोराही रोडमा सिरक डसना पसल छ । हत्यामा सम्लग्न दुबैजना १६ वर्ष भन्दा कम उमेरका रहेको पनि प्रहरीले बताएको छ ।
। मृतक अन्सारीले मेरो कम्प्यूटर नचलाउन आग्रह गरेपछि सामान्य विवाद भएको र त्यसपछि दुईजना मिलेर नजिकै रहेको सलले घाँटीमा बेरेर हत्या गरेको डिएसपी तिम्सिनाले बताए । एकजनाले सरले घाँटी बेरेको र अर्कोले त्यसमा सघाएको देखिएको डिएसपी तिम्सिनाले बताए । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्