सैघामा उत्पादित तरकारीले बजार पाएन



रोम थापा मगर
सैघा १३ श्रावण । घोराही उपमहानगरपालिका वडा नं १९ सैघामा उत्पादित तरकारीले बजार नपाउँदा स्थानिय किसान मर्कामा परेका छन् ।गाउँमा उत्पादित तरकारीले बजार नपाउँदा समस्या भएको स्थानिय किसानहरुले वताएका हुन ।किसानहरुले उत्पादन गरेको तरकारी घोराही बजारसम्म ल्याउन कठिनाइ भएको स्थानीयहरुले हुन ।

उपमहानगरकाकै विकट वडाका रुपमा रहेको सैघा उत्पादित तरकारीले बजार नपाउदा समस्या भएको स्थानीय रामबहादुर पुनले वताउँनुभयो ।बर्षाको कारण संैघा घोराही सडक खण्ड विग्रेका कारण समस्या भएको पुनले वताउँनुभयो ।गाउकै लाखुरी बजार र पाँचपोखरी बजार हो, यी बजारमा तरकारीले उचित मुल्य नपाउँदा समेत समस्या भएको उहाँले वताउँनुभयो । बाढीका कारण सैघा घोराही सडक खण्डको ठाउँ ठाउँमा पहिलो गएका कारण समस्या समेत भएको पुनको भनाई छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्