जिम्बाबेमा आज चुनाव, आफैंले बनाएको पार्टीविरुद्ध मुगाबे



सैघाली खबर, १४ साउन ।

अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । ३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन हुन लागेको हो । निर्वाचनमा सत्तारुढ पार्टी जानु-पीएफले हालका राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको छ ।

प्रमुख विपक्षी दल एमडीसीले नेल्सन चामिसालाई मैदानमा खडा गरेको छ । मुगावेले चुनावको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी इमरसनलाई समर्थन नगर्ने घोषणा गरे । उनले विपक्षी पार्टीका उम्मेदवार चामिसालाई समर्थन गरेका छन् । मुगावेको यो घोषणालाई आश्चर्य मानिएको छ ।

निर्वाचनमार्फत बदला

जिम्बाब्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे आफैंले जन्माएको पार्टीविरुद्ध उभिएपछि यहाँको निर्वाचनले रोचक मोड लिएको छ । मुगालेले उनका नजिकका सहयोगी तथा हालका राष्ट्रपति इमरसनलाई सघाउने अनुमान गरिएको थियो । तर उनले आमअपेक्षा विपरित निर्वाचनको पूर्वसन्ध्यामा सहयोग गर्न नसकिने घोषणा गरेका छन् ।

‘मलाई विगतमा जसले सतायो, दुःख दियो उसैलाई मत दिन सक्दिनँ’, मुगाबेले पत्रकार सम्मेलनमा भनेका छन् । आफूलाई राष्ट्रपतिबाट अपदस्थ गराउन भूमिका खेलेको बदला उनले निर्वाचनमार्फत लिन लागेको रुपमा यसको विश्लेषण गरिएको छ ।

आफ्नै पार्टीविरुद्ध खुलेका जिम्बाब्बेले बरु विपक्षी पार्टीका नेताप्रति शुभेच्छा प्रकट गरेका छन् । ३७ वर्षसम्म जिम्बाब्बेमा शासन गरेका मुगाबे अहिले पनि शक्तिशाली मानिन्छन् । उनका समर्थक अहिले पनि उत्तिकै छन् । निर्वाचनको संघारमा पत्रकार सम्मेलन गर्दै मुगाबेले गरेको निर्णयले परिणाममा बदलाव आउन सक्ने विश्लेषण भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्