माओवादीले टुंग्यायो मन्त्रीको नामावली



काठमाडौ २९ असार । माओवादीले पार्टीका तर्फबाट मन्त्री हुनेको नामावली टुंग्याएको छ। कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले मन्त्रीहरूको नामावली टुंग्याएर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको छ।
कार्यदलले सिफारिस नामलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। माओवादीले प्रदेश नं. १ बाट मोरङ–४ का सांसद शिवकुमार मण्डललाई मन्त्री बनाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेको छ ।
प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्री बनाउन कार्यदलले सिफारिस गरेको छ।
माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्रीका लागि कार्यदलले सिफारिस गरेको छ।
प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने कि तनहुँकी आशा खनाललाई मन्त्री बनाउने टुंगो नलागेको माओवादी स्रोतले बताएको छ ।
प्रदेश नं. ५ का कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालय र प्रदेश
६ का जनार्दन शर्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। माओवादी कार्यदलले प्रदेश नं. ६ बाट कालिकोटका सांसद महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्रीका लागि सिफारिस गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्