सञ्चारकर्मी प्रितिको दंगाली नामक गित सार्बजनिक



दाङ, १४ साउन
रेडियोमा अभिनयको कार्यक्रम प्रस्तुत गर्दै आएकी प्रिति स्वर्णकारले दंगाली नामक गित सार्बजनिक गरेकी छिन । दाङ जिल्लामा रेडियो मध्यपश्चिममा अभिनय तपाइको भन्ने कार्यक्रमको माध्यमबाट श्रोता माझ परिचय बनाउदै सबै माझ लोक प्रीय बनेकि स्वर्णकारले दंगाली लोकपप सार्बजनिक गरेकी हुन ।

रोल्पाको उवा गाबिस स्थित घुस्बाङमा जन्मेर दाङलाई कर्मथलो बनाउदै आएकि स्वर्णकारले जिल््लाका पर्यटकीयस्थलहरुलाई शब्दमा समेटेर दंगाली लोकपप सार्बजनिक गरेकी हुन । मीठो स्वरकी धनी सानै उमेर देखि कलाकारीता मन पराउनुका साथै रेडियो तथा टेलिभिजन मार्फत बिभिन्न कलाकारीता सम्बन्धि कार्यक्रम चलाउदै आएकि र बिभिन्न हास्यब्यङय सिरीयलहरुमा पनि अभिनय गर्दै आएकि स्वर्णकारले दाङ जिल्लामा रहेका बाह्रकुने दह , अम्बिकेश्वरी मन्दिर, पुरन्धारा झरना, सवारीकोट, चमेरे गुफा, गोरक्षनाथ मन्दिर, बिश्वकै अग्लो त्रिशुल धारापानी मन्दिर, जखेरा ताल , लगायतका साँस्कृतिक तथा पर्यटकीयस्थलको नाम समेटेकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्