शनिवार पनि कार्यालय संचालनको तयारी



 

दाङ, १५ श्रावण । शनिवार पनि जिल्लामा संचालित सरकारी कार्यालय संचालनका लागि जिल्ला प्रशासान कार्यालय दाङले तयारी थालेको छ । त्यसका लागि जिल्लाका दश वटै निकायमा पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनु भएको छ । स्थानीय तहलाई पत्रचार गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आगामी भदौ देखी कार्यालय संचालनको तयारीमा रहेको जानकारी दिनुभयो । कार्यालय संचालनका लागि स्थानीय निकायहरुसंग राय सुझाम माग गरेको र त्यसपछि कार्यालय संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

 

नागरिकता लगाएतका सेवालिन स्थानीय निकायको सिफासिको आबश्यता पर्ने भएकाले पनि स्थानीय निकायसंग कार्यालय संचालनका विषयमा राय सुझाव मागिएको प्रजिअ श्रेष्ठले वताउँनुभयो । सर्वसाधारणलाई सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यका साथ कार्यालय संचालनका लागि आफुहरु तयारीमा लागेको समेत बताउनुभयो ।

जिल्लाका अन्य सरकारी तचथा गैर सरकारी कार्यालयका कर्मचारी र उनका परिवारले बिदाको दिनको समुदायोग गर्दै जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्राप्त गर्न सकुन भन्ने पनि उदेश्य हो प्रजिअ श्रेष्ठले भने । यसरी शनिवार समेत कार्यालय खुल्ला राख्ने जिल्ला प्रशासन कार्यालय दाङ पहिलो र एकमात्र कार्यालय हुनेछ । यस अघि गत बर्षको दशै बिदामा समेत कार्यालयले सेवा प्रदान गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्