कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने



 

दाङ, १५ श्रावण । प्रमुख प्रतिपक्ष दल कांग्रेसले आज मंगलबार देशका ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकारको कार्यशैली जनविरोधी भएको भन्दै प्रदर्शन गर्न थालेको काग्रेसले जनाएको काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन आनाकानी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली रहेकाले खबरदारी सभागर्न लागेको डाँगीले जानकारी दिनुभयो । केन्द्रीय कार्यक्रम अनुसार दिउसो १२ बजे विरोध प्रदर्शन गर्न थालेको काग्रेसले सचिव डाँगीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्