मुख्य समाचार

मुग्लिन नारायणगढ सडक सुचारु

By थाहा अनलाइन

July 13, 2017

२९, असार, चितवन ।

 

 

ठूलो पहिरोका कारण बुधवार दिउँसो साँढे ३ बजेदेखि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

 

इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाएर दुवैतर्फ रोकिएका हजारौं सवारी पास गराउन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

दुवै तर्फबाट हिजोदेखि नै आयोजनाका डोजरहरुले पहिरो पन्छाउने काम गरिरहेका छन् । मुग्लिन तर्फबाट २ वटा र नारायणगढ तर्फबाट २ वटा डोजरले पहिरो पन्छाउने काम निरन्तर गरिरहेका छन् ।

जोखिम क्षेत्रमा फसेका सवारी साधानहरुलाई वान वे वनाएर राती नै सुरक्षित स्थानमा पठाइएको थियो