निर्माणाधिन चौघेरा,डबरी सडकले बर्षाेसम्म पुर्णता पाएनन



जनक नेपाली

दाङ,१६ श्रावण । घोराही उपमहानगरपालिका वडा न.१७ स्थित चौघेरा,डबरी सडक खण्डले तीन बर्ष सम्म सम्म पनि पुर्णता पाएन । घोराही लमही सडक खण्डको बैकल्पिक मार्गका रुपमा प्रयोग हुदै आएको उक्त सडक बर्षाेसम्म पुर्णता नपाउँँदा स्थानीयले समस्या भोग्दै आएको छन् ।

सभामुख कृष्णबहादुर महरा अर्थमन्त्री रहदा करिब एक करोड रुपैयाँ बजेट नियोजन गरी सडक निर्माण र कात्रोपत्रको काम सुरु गरिएको थियो । महराले सुरु गरिएको योजनालाई निरन्तरता दिन नसक्दा समस्या भएको स्थानीय बोधीप्रसाद पुनले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७४ /०७५मा घोराही उपमहानगरपालिकाले दश लाख रुपैयाँ बजेट बिनियोजन गरेपनि हाल सम्म सडक निर्माण कार्य सम्पन्न हुन नसकेको पुनको भनाई छ। सडक निर्माणमा ठेकेदार र स्थानीय निकायकै लापरवाही कारण सर्वसाधारणले दुःख पाउँदै आएको उहाँले वताउँनुभयो ।

करिव सातसय मिटर मात्र सडक कालोपत्रे गर्न बाँकी रहेको भन्दै उहाँले छुटफुटका योजनालाई स्थानीयतहले ध्यान नदिदा समस्या देखिएको पुनको भनाई छ । कालोपत्रे गरेको सडक पनि बाँकी भएको कामका कारण बिग्रिने अबस्थामा रहेको वताउँनुभयो । सा–साना योजनामा कसैको ध्यान नपुदा निकै समस्या बढेको पुनको भनाई छ । कटुवा खोलामा पुल नबन्दासम्म बैकल्पिक मार्गका रुपमा प्रयोग हुदै आएको चौधेरा डवरी सडक खण्डलाई पुर्णता दिनेमा कसैको चासो दिएका छैनन भन्न्ुभयो । उक्त सडकलाई मात्र पूर्णता दिन झण्डै ४० लाख रुपैयाँ बजेट आबश्यक पर्ने भन्दै त्यसको व्यवस्थापन वडाका तर्फबाट गर्न नसक्ने घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरीले वताउँनुभयो ।


वडामा निर्माणधीन अबस्थामा यस्ता अधिकासं योजना छुटेको बताउँदै त्यस्ता योजना सम्पन्न गर्न चुनौती थपिएका चौधरीले भनाई छ । एउटा वडामा ९० लाख मात्र बजेट आउँने वताउँदै उहाँले एकै ठाँउमा ५० लाखको योजना संचालन गर्दा वडा संचालनमै समस्या हुने बताउँनुभयो । घोराही उपमहानगरपालिकाका अधिकासं वडामा यो समस्या विकराल बन्दै गएको उहाँले वताउँनुभयो । बजेट अभाव हुदा निर्माणाधिन अबस्थामा ७/८ वडा योजनौ अलपत्र अबस्थामा रहेको भनाई छ । वडा नं. १७ को गुलरिया, घनी वगीया भैसाही चोकहुदै घोराही लमही सडक जोड्ने सडकका करिव ३ किलो मिटर सडक पनि अलपत्र छ ।

साथै बर्गद्धी, ढिकपुरको दुई किलो मिटर,क्वाडी हुदै धारापानी जोड्ने एक किलो मिटर , ओखरा ढिकपुरको डेढ किलो मिटर र चौघेरा धोब्बे घनी बगीयामा पुल निर्माण सहितको तीन किलो मिटर अलपत्र अस्थामा रहेको चौधरीले वताउँनुभयो । छुटफुटका योजनालाई पूर्णता दिन केन्द्र सरकारले स्थानीय निकाय र प्रदेश सरकारलाई निर्देशन गर्ने र स्थानीय निकायका तर्फबाट छुटफुट योजनाका लागि आबश्यक बजेट नहुने भन्दै जिम्मेवारी बाट पन्छीने गरेको वताउँनुभयो ।

प्रदेश सरकारले यस्ता योजना संचालनका लागि कुनै चासो नदिएको अध्यक्ष चौधरीको भनाई छ । घोराही उपमहानगर पालिकाका मेयर नरुलाल चौधरीले छुटफुटका सडक योजना सम्पन्न गर्नका लागि सडक बोर्ड मार्फत काम गर्दै आएको वताउँनुभयो । घोराहीमा यस्ता योजना अलि धेरै रहेको भन्दै सडक मर्मत कार्यक्रम क्रमश सबै योजनालाई पूर्णता दिने मेयर चौधरीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्