ऐतिहासिक एक दिवशीय क्रिकेट खेल्दै नेपाल



काठमाडौं । नेपालले बुधबार नेदरल्याण्डसँग पहिलो ऐतिहासिक एक दिवशीय क्रिकेट खेल्दैछ । एक दिवशीय मान्यता पाएपछि नेपालले पहिलो पटक नेदरल्याण्डसँग एक दिवशीय क्रिकेट खेल्न लागेको हो ।

नेदरल्याण्डको मैदानमा हुने यस खेलसँगै नेपालले आफ्नो एक दिवशीय क्रिकेट यात्राको शुरुवात गर्दैछ । खेल नेपाली समय अनुसार २ः४५ बजे शुरु हुनेछ । नेपाली टोलीले यसअघि इंग्ल्याण्डका स्थानीय क्लवहरुसँग दुई एकदिवसीय र दुई ट्वेण्टी ट्वेण्टी ढाँचाका अभ्यास खेल खेलेको थियो । जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजित भएको थियो ।

त्यस्तै लन्डनकोे लर्डस्मा त्रिकोणात्मक ट्वेण्टी ट्वेण्टी शृंखला खेलेको थियो । जसमा मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० सँग ९ विकेटले जित हात पारेको थियो भने नेदरल्याण्ड्ससँगको खेलमा बर्षका कारण खेल रोकिए पछि दुबै टोलीले एक(एक अंक बाँडेका थिए ।

नेपाली टोलीका कप्तान पारस खड्काले पहिलो अन्तराष्ट्रिय एकदिवशीय खेलका लागि पूरै टिम उत्साहित भएको प्रतिक्रिया दिएका छन् । गत फेब्रअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले पहिलो एक दिवशीय खेल खेल्दैछ । नेपालले दुई खेलको सिरिज बुधबार र शुक्रबार खेल्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्