काम विहिन कर्मचारीहरु समयमै नआए पनिहुन्छः जिल्ला समन्वय अधिकारी कृष्ण गौतम (भिडियो सहित



बिष्णुकुमार देवकोटा
दाङ साउन १७
जिल्ला समन्वय समिति दाङका कर्मचारी तथा पदाधिकारीहरु कार्यालय समयमा उपस्थित नभएको पाइएको छ ।
आज (बिहिबार) सैघाली खबर डटकमले गरेको छड्के ९ः५५ बजेदखी सुरुगरेको छड्के चेक जाँचको क्रममा यस्तो देखिएको हो ।
सैघाली खबरले कर्मचारी तथा जनप्रतिनिधिहलाई जनताप्रति उत्तरदायि गर्न खबर दारी गर्ने उद्देस्यले सुरुगरेको छड्के अनुगमनका क्रममा जिल्ला समन्वय समितिका केहि कर्मचारीहरु समय अगावै र केहि करीब साढे १० बजे सम्म पनि कार्यालयमा प्रबेस गर्ने गरेको पाइएको छ ।
अनुगमनको क्रममा बताबतारण तथा जलबायु शाखा, पंजिकरण शाखा, महिला तथा बालबालिका कार्यालयका लागी छुट्याइएको कार्यकक्ष,राजश्व साखा, प्रमुख तथा उप प्रमुखको कार्यकक्ष कार्यालय समयमा नखुलेको र कर्मचारी तथा पदाधिकारीहरु उनुपस्थित देखिएको पाइएको छ । यहाँ सम्म की राजश्व साखामा टेबुल पंखा चालु हालतमा छोडिएको पाइएको छ ।

मन्त्रालय ले खटाएका १३ जना कर्मचारीहरु र अन्य कार्यालय सहयोगीहरु समेत गरी जम्मा १५ जना कर्मचारीहरु जिल्ला समन्वय समितिमा कार्यरत रहेको सुचना अधिकाी बासुदेव आचार्यले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिमा कार्यालय प्रमुख समेत समयमै उपस्थित नभएको पाइएको छ । अनुगमनका क्रममा प्रतिकृया दिदै जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्ण गौतमले पंखा खुल्ला छोड्नु गलत भएको प्रतिकृया दिनुभयो भने कर्मचारीहरु समयमै उपस्थित नहुनुको कारण काम विहिन हुनु र १०÷२० मिनेट ढिला हुनु सामान्य भएको प्रतिकृया दिनुभयो ।

उता सूचना अधिकारी बासुदेव आचार्यले भने कर्मचारीहरु काम भएपनि नभएपनि सरकारले तोकेको समयमै उपस्थित हुनुपर्ने बताउनुभयो । “समयमै उपस्थित नहुनु गलत हो ” । आचार्यले भन्नु भयो ।
स्थानीय तहको पुनःसंरचना संगै सुनसान बनेको जिल्ला समन्वय समिति मा अहिले सहकारी डिभिजन कार्यालय र महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरु समेत हाजीर हुन आएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला बिकास सिमितिको कार्यप्रकृति परिवर्तन भएको, बेरुजु फस्र्योट गर्नुपर्ने, अनुगमन तथा मुल्याङ्कण समेत गर्नुपर्ने भएकाले कर्मचारीहरु ढिला जाने र ढिला आउने गरेको कर्मचारीहरुको बचाउमा प्रतिकृया दिनुभयो ।
अनुगमनका क्रममा गैरसरकारी समन्वय साखा, प्रसासन साखा, योजना साखा समयमै खुलेको र कर्मचारीहरु उपस्थित रहेको पाईएको छ तर नेपाल सरकारले तोकेको तलव भत्तासमेत खाने जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको हकमा भने कार्यालय समयमै उपस्थित हुने की नहुने भन्ने अन्यौलता कायम रहेको जिल्ला समन्वय अधिकारी कृष्ण गौतमले भन्नु भयो ।
“काम विहिन कर्मचारीहरु जति बेला आएपनि हुन्छ” गौतमले भन्नु भयो । तर प्रमुख र उपप्रमुखको हकमा भने यसै भन्न नसकिने बताउुभयो । जिल्ला समन्वय समितिका प्रमुखको मासिक ४० हजार ५ सय तलब छ भने उप प्रमुखको ३५ हजार ५ सय तलब रहेको छ । उक्त तलबमानमा कुनैपनि प्रकारको भत्ता समावेश गरीएको छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्