घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन भेटिएपछि स्थानिय प्रहरी प्रशासनको निर्देशनमा दाङमा विक्री वितरणमा रोकीयो



घोराहीको गोग्लि स्थित घोराही सिमेन्ट उद्योगको उत्पादनमा गुणस्तरहीन भेटिएपछि दाङमा स्थानिय प्रहरी प्रशासनले विक्री वितरणमा रोक लगाएको छ ।

उद्योगको ओपिसि सिमेन्टमा उत्पादनमा गम्भिर लापरवाही देखीएको भन्दै वर्दिया जिल्ला प्रशासनले दाङको जिल्ला प्रशासनलाई चिट्ठि लेखेर तत्काल उद्योगको उत्पादन रोक्न आग्रह गरेको हो । स्थानिय प्रहरी प्रशासनले घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन भेटिएकाले तत्कालका लागि आफ्नो उत्पादन रोक्न निर्देशन दिएको जानकारी दिएको छ । घोराही सीमेन्ट उद्योगको ओपिसि सिमेन्टमा गुणस्तरहीन पाईएको समाचार सार्वजनिक भएपछी घोराही, तुलसिपुर, लमही, भालुवाङ लगायका बजारहरुमा उक्त व्राण्डको सिमेन्ट विक्री हुन छाडेको छ । उपभोक्ताहरुले सिमेन्ट उद्योगको ओपिसि सिमेन्टमा देखीएको चरम लापरवाहीलाई नियन्त्रण गर्दै उपभोक्ताप्रति उद्योगले गरेको गैर जिम्मेवारपुर्ण कार्यको विरोध गर्दै तत्काल कानुनि कारवाही गर्न आग्रह गरेका छन् ।

उनिहरुले अहिले घोराही सिमेन्ट उद्योगको उत्पादित सिमेन्ट प्रयोग नगर्न सुझाव दिएका छन् । ग्राहकहरुले सिमेन्ट किन्न छाडेपछि गोदाममा थन्कीएका छन् ओपिसि सिमेन्ट । स्थानिय प्रहरी प्रशासनले कडाइका साथ निगरानि पनि गर्न थालेका छन् । उद्योगद्वारा उत्पादित सिमेन्टको विक्री वितरण सबै रोक्का गर्न जिल्ला प्रशासन कार्यालय वर्दियाले दाङको जिल्ला प्रशासनलाई पत्राचार गरेपछि यहाँको प्रशासनले एक्सन लिएको छ । घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको ओपिसि सिमेन्ट गुणस्तर अनुरुप नभएको भन्दै जिल्ला प्रशासन कार्यालय वर्दियाले दाङको जिल्ला प्रशासन कार्यालयलाई गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर एकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न पत्राचार गरेपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले एक्सन लिएका हुन् । उनले यसका वारेमा गृहमन्त्रालय र सम्वन्धित उद्योगलाई जानकारी गराइसकेको र कानुन वमोजिम कारवाही हुने कुरा ब्यहोरासहीतको पत्र पठाएको जानकारी दिए ।

गएको जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसि सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएपछि वर्दिया जिल्ला प्रशासनले एक्सन लिएको हो । गुणस्तर अनुरुप नभएको हुँदा उक्त उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडी बढाईएको त्यहाको प्रशासनले जानकारी दिएको छ । पत्र सख्या ७५÷७६ रहेको जिल्ला प्रशासन कार्यालय वर्दियाका सुचना अधिकारी महेन्द्र जङ्ग शाहीद्वारा हस्ताक्षरीत प्रेस नोटमा गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर यकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको उल्लेख गरीएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्