वर्दिया जिल्ला प्रशासनले उपभोक्तालाई सार्वजनिकरुपमै अपिल गर्यो –‘घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट खरीद विक्री तथा प्रयोग नगर्न र नगराउनु’



घोराही, साउन १७ । जिल्ला प्रशासन कार्यालय वर्दियाले उपभोक्तालाई सार्वजनिकरुपमै अपिल गर्दा घोारही सिमेन्ट उद्योगद्वारा उत्पादित गुणस्तरहीन सिमेन्ट खरीद विक्री तथा प्रयो नगर्न तथा नगराउन अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय वर्दियाका सुचना अधिकारी महेन्द्र जङ्ग शाहीले वर्दिया जिल्ला प्रशासनको कार्यालयको फेसवुक पेजवाट आधिकारीकरुपमा सुचना जारी गर्दै घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट खरीद विक्री तथा प्रयोग नगर्न र नगराउन अपिल गरेका हुन् । उपभोक्ताको हक, हित र अधिकार संरक्षण गरि उपभोग्य बस्तु वा सेवाको उत्पादन, विक्रि वितरण गुणस्तरयुक्त गराई नागरिकले अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुनको निमित्त यस कार्यालयले बजार अनुगमनलाई प्राथमिकता दिई बेला वेलामा स्थानीय बजार भित्रिने उपभोग्य बस्तुको मुल्य, परिमाण, शुद्धता र गुणस्तर सम्वन्धि निरीक्षण, अनुगमन गर्ने गरेको सबैलाई विदितै रहेको भन्दै सार्वजनिकरुपमा जारी गरीएको अपिलमा उक्त सगरमाथा ब्राण्डको घोराही सिमेन्ट उद्योग दाङ्बाट उत्पादित ओपिसि सिमेन्ट अर्को सूचना नभएसम्मका लागि खरिद विक्री तथा प्रयोग नगर्न नगराउनहुन उपभोक्ताहरुलाई यसै सूचनाद्धारा जानकारी गराइन्छ भनिएको छ । वर्दिया प्रशासनले गएको जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसि सिमेन्टको नमूना, गुणस्तर तथा नाप तौल विभागमा यस कार्यालयको च.नं ४२५२ मिति २०७५÷३÷१ मा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन च.नं. ७५ मिति २०७५÷४÷१४ को पत्रबाट प्राप्त भएको हुँदा उक्त उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडी बढाईएको जानकारी दिएको छ । साथै गुणस्तर तथा नाप तौल विभागबाट गुणस्तर एकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिसकिएकोले गुणस्तरहीन उक्त सगरमाथा ब्राण्डको घोराही सिमेन्ट उद्योग दाङ्बाट उत्पादित ओपिसि सिमेन्ट अर्को सूचना नभएसम्मका लागि खरिद विक्री तथा प्रयोग नगर्न नगराउनहुन उपभोक्ताहरुलाई सार्वजनिक सूचनाद्वारा प्रशासनले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्