लोककुमारी स्मृति पत्रकारीता पुरस्कार पौडेललाई



दाङ,१७ श्रावण । प्रेस सेन्टर दाङमा स्थापना भएको ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’ यसवर्ष पत्रकार गोकर्ण पौडेललाई प्रदान गरिने भएको छ ।आज प्रेस सेन्टर, दाङ र प्रेस चौतारी दाङका पदाधिकारीहरुको संयुक्त बैठकले प्रेस चौतारीका साधारण सदस्य समेत रहेका पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका संयोजक पाण्डव शर्माले जानकारी दिए । पौडेल एक दशक देखि पत्रकारितामा क्रियाशिल छ ।


प्रेस सेन्टर नेपालका संस्थापक अजयदीप शर्मा उहाँका दाईहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र भतिजि राधा रिजालले आफ्नो आमा÷हजुर आमा स्व. लोककुमारी रिजालको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नुभएको थियो । उक्त पुरस्कारको राशी पाँच हजार रुपैयाँ रहेको छ । सो पुरस्कार आगामी साउन २४ गते घोराहीमा एक कार्यक्रमकाबीच प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ,दाङ शाखा, प्रेस सेन्टर दाङ र प्रेस चौतारी दाङको संयुक्त आयोजनामा पुरस्कार वितरण कार्यक्रम हुँदैछ ।

बैठकमा प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्रेस सेन्टर दाङका कार्यबहाक अध्यक्ष प्रकाश चौधरी, सेन्टर दाङका सचिव पाण्डव शर्मा र चौतारी दाङका सचिव प्रेम राम्जाको उपस्थिति रहेको थियो । बैठकमा प्रेस सेन्टरका संस्थापक अजदयदीप शर्मा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन र सेन्टरका पाँच नं प्रदेश सचिव गणेश वलीको विशेष उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्