दाङमा सुनको फरक फरक मुल्य



 

दिपक बोहरा, तुलसीपुर १८ साउन ।

दाङमा सुनको मूल्य फरक फरक रहेको पाईएको छ । बिहीबार दाङको तुलसीपुर र घोराही बजारमा फरक फरक मुल्यमा सुनको कारोवार भएको थियो ।

तुलसीपुरमा तोलाको ५७ हजारमा सुनको कारोबार भएको थियो, भने घोराहीमा तोलाको ५७ हजार पाँच सयमा कारोबार भएको थियो । घोराहीमा तुलसीपुर भन्दा पाँच सय रुपैयाँ महंगोमा सुनको कारोबार भएको थियो । जिल्लामा एउटै मुल्यमा सुनको कारोबार हुनुपर्ने भएपनि फरक फरक मुल्यमा सुनको कारोबार भईरहेको छ । बिहीबार तुलसीपुरमा तोलाको ५७ हजारमा कारोबारो भईरहेको तुलसीपुर सुन चाँदी ब्यबसायी समितिका अध्यक्ष मदन केसीले बताए । तर घोराहीमा भने तोलाको ५७ हजार पाँच सयमा कारोबारो भएको दाङ सुन चाँदी ब्यबसायी समितिका अध्यक्ष बिनोद बिश्वकर्माले बताए । तुलसीपुर व्यबसायी समितिका अध्यक्ष केसीले जिल्लामा एउटै मूल्यमा हुनुपर्ने बताए । ‘जिल्लामा एउटै मूल्यमा सुनको कारोवार हुनुपर्ने हो ’ उनले भने । तर दाङ सुनचाँदी ब्यबसायी समितिका अध्यक्ष विश्वकर्माले तुलसीपुरलाई कारोवाराका लागि मूल्य निर्धारण गरेर पठाएको बताए ।‘हामीले आजको रेट तुलसीपुरमा पठाएका थियौं’ उनले भने‘ तर तुलसीपुरमा किन लागु गरनन्, खै ?’

तुलसीपुरमा भने सुनको भाउ बढाएको भनी आफुलाई कुनै जानकारी नआएको तुलसीपुरका सुनचाँदी ब्यबसायी मोहन स्वर्णकारले बताए । ‘हामीलाई सुनको भाउ बढाएको कुनै जानकारी छैन्’ उनले भने‘यसरी मनोमानी भाउ बढाउँदा ग्राहकहरु मारमा पर्छन्, त्यसैले घोराहीले सोँच्नु पर्ने हो ।’

सुनचाँदी ब्यबसायीका संगठनहरुबीच समन्वय नहुँदा जिल्लामा फरक फरक मूल्यमा सुनको कारोबार भईरहेको मानब अधिकारकर्मी समेत रहेका स्वर्णकारले बताए ।‘केन्द्रको सुनको मुल्यलाई आधार बनाएर जिल्लामा सुनको मूल्य कति कायम गर्ने भन्ने छलफल भएर सुनको मूल्य निर्धारन हुनुपर्ने हो’ उनले भने‘तर त्यसो हुन नसक्दा सुन फरक फरक मूल्यमा कारोबार भईरहेको छ ।’

दाङमा सामान्यतयार एक हजार रुपैँया यातायात जोडेर सुनको मुल्य निर्धारण गर्ने निर्णय भएको थियो, सोही अनुसार तुलसीपुरमा सुनको भाउ कायम रहेको स्वर्णकारले बताए । ‘अहिले सम्म सुन ढुवानी खर्च भनेर एक हजार रुपैँया तोकिएको थियो’उनले भने‘त्यही अनुसार सुनको कारोबार भईरहेको थियो, तर पछिल्लो समय सुनचाँदी व्यबसायीबीच समन्वय नहँुँदा जिल्लामा फरक फरक मूल्य तिर्नुपर्ने बाध्यता छ ।’ यसले समग्र सेवाग्राहीलाई असर पार्ने उनको भनाई थियो । सुनमा समेत एउटै जिल्लामा फरक फरक मूल्य हुनु सकारात्मक नभएको समेत उनको भनाई थियो ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्