घोराही सिमेन्टको गुणस्तरीयता तत्काल छानबिन गर : नागरीक समाज दाङ



दाङ साउन १८
घोराही गोग्ली स्थित घोराही सिमेन्ट इन्डष्ट्रिज द्धारा उत्पादित ओपिसी सिमेन्ट गुणस्तरहिन भएको भन्दै जिल्ला प्रसासन कार्यालय बर्दिया ले दाङ लाई उक्त सिमेन्ट बिक्रि बितरण गर्न रोकलगाउन अनुरोध सहितको पत्र पठाए पछि दाङका अधिकारकर्मीहरु ले घोराही सिमेन्टको गुणस्तरीयता तत्काल छानबिन गर्नमाग गरेका छन् । सिमेन्ट उद्योगका बिषयमा यस अघि मौन रहँदै आएका उपभोक्ता अधिकार संग सम्बन्धित विभिन्न संघसंस्थाहरुले आज बिज्ञप्ति मार्फत यस्तो माग गरेका हुन् । नागरिक समाज दाङ, मानवअधिकार सञ्जाल दाङ, उपभोक्ता हित संरक्षण मञ्च दाङ ले बिज्ञप्ति प्रकासित गर्दे गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा सिमेन्टको गुणस्तर तथा नापतौल विभागबाट परिक्षण गर्दा गुणस्तरहिन भएको भन्ने बिषय प्रति गम्मिभर ध्यानाकर्षण भएको जनाएको छ । “ आम नागरिकको सरोकारसंग प्रत्यक्ष जोडिएको सिमेन्टको गुणस्तरको विषय अत्यन्त गम्भीर र संवेदनशील भएको र दाङमा यसअघि पनि यस सिमेन्टको गुणस्तरका बारेमा प्रश्न उठेको सन्दर्भमा यस विषयमा आवस्यक कदम चाली उपभोक्ताहरुलाई ठगी हुनबाट बचाउन सम्वन्धित निकायले तत्काल छानवीन र उपभोक्ता हित रक्षा गर्न जोडदार माग गर्दछौं” नागरिक समाज दाङ कासंयोजक संयोजक चन्द्रराज पन्त र उपभोक्ता हित संरक्षण मञ्च तथा मानवअधिकार सञ्जाल दाङ का संयोज क केशवकुमार शर्मा द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा यस्तो माग गरीएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्